Hamro Patra
दुर्घटनामा चालकको ज्यान गयो

टीकापुर, बैशाख ३१
टीकापुर नगरपालिका–१ लम्कीपुलमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार ज्यान जानेमा जानकी गाउँपालिका–५ पथरैयाका करिव ३५ वर्षका धनबहादुर चौधरी रहेका छन । उनी आफैले चलाएको से १ त १११६ नम्बरको ट्याक्टर बिहान साढे ७ बजे दुर्घटना भएको थियो ।

Khadga Memorial And Janajagriti

लालरत्न लेखेको ईट्टा बोकेर नारायणपुरतर्फ गैरहेको ट्याक्टर लम्कीपुलबाट खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल पुगेको छ ।

ट्याक्टरमा मृतक चालक मात्रै रहेको बुझिएको छ । मृतक चालकको शव ट्याक्टर मूनी च्यापिएका कारण निकाल्न कठिन भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update