Hamro Patra
टीकापुरको नीति निर्माण र नेतृत्व
Khadga Memorial And Janajagriti
एक जना उद्योगपतिले टीकापुर टीकापुर भनेर धेरै पटक नाम सुनेका रहेछन् । नेपालका धेरै ठाउँ घुमेका व्यावसायको सिलसिलामा होस् वा व्यक्तिगत भ्रमण होस् । राजा महेन्द्रले आरोग्य प्राप्त गरेको सुन्दर ठाउँ हो रे टीकापुर । टीकापुरको नक्साङ्कन प्लानिङ धेरै राम्रो छ भनेर सुनेका रहेछन् । हुटहुटी पलाए छ । व्यावासय विस्तार गर्ने क्रम सिलसिलामा एक पटक सुदूरपश्चिमको भ्रमणमा निस्के छन् । पहिलो प्राथमिकता टीकापुर आउने निधो गरेछन् । महेन्द्र राजमार्ग लम्की देखि टीकापुरको दूरी मात्रै १४ किमि छ त्यति दूरी खक्रौला एनिकी भन्सार सम्म । टोलि सहित लम्की बजारबाट दक्षिण तर्फ आफ्नो कारको ड्राइभरलाई दक्षिण तर्फ लाग्न संकेत गरे छन् । 
 
उमंग जोस रहर सुन्दर शहर बृहत गुलाफ फूलको बगैंचा साझा फूलबारी टीकापुर उद्यान टीकापुर पार्क हेर्ने रहर । कर्णाली नदीको तट रमणीय सुन्दर सम्भानायुक्त ठाउँ खड्गबहादुर सिंहको दूरदृष्टि जंगलबाट मानव बस्तीमा रुपान्तरण मात्रै विकास खड्केको नगर । यहाँको उर्वर जमिन शुद्ध हावापानी । थोमस बर्गिस सरले पढाएको विद्यालय । राजा महेन्द्रले आरोग्य अर्थात् स्वास्थ्य लाभ गरेको ठाउँ हेर्न व्याग्र प्रतीक्षा बीच आउँदै मनमा प्रश्न प्रतिप्रश्न । विकास किन भएन ? 
 
उनलाई टीकापुर पुग्न एक घण्टा भन्दा बढी लागेछ । घच्याङ र घुचुङ ट्याट्या टुटु धुलो धुवाँले अस्तव्यस्त सडकको दुर्दशा देखेर खिन्न भएछन् । पहिलो गाँस मै ढुङ्गा भनेको यहीँ हो । मनस्थिति नै फरक भै हाल्यो । कति बेला टीकापुर पुगिएला पट्ट्यार लाग्यो भएछ । जोस जागर हुटहुटी हराम भएछ । यत्रो नाम चलेको शहर जाबो १४ किलोमिटर सडक पनि किन पिच गर्न नसकेको होला भनेर मनमनै प्रश्न गरे,सोचे । राजमार्ग सँग जोडिनु महत्त्वपूर्ण हुन्छ । सडक नै छैन भने त्यहाँको आर्थिकसामाजिक दूरावस्था कस्तो होला भनेर स्पष्ट संकेत गर्छ । त्यहाँको औद्योगिक भौतिक र विकास कति भएको छ भनेर हेर्ने मूल्यांकन गर्ने पहिलो सूचक सडक हो । 
 
भित्री बजार झन कुरुप बनाइएको छ जताततै खाल्डाखुल्डी फोहोर ढलनाल छैन। दुर्गन्धित छ । सार्वजनिक शौचालय छैन, भएका प्रयोग गर्न योग्य छैनन्, खाली कुरा गरेर हुन्छ ? पद ओगट्नु बार्गेनिङ सेटिङ्ग भनसुन चल्छ । पहुँच नहुनेको केही लाग्दैन । सहकारी सरकार र निजि क्षेत्र नमिलेर देश कहाँ बन्छ ? जनमैत्री लगानी मैत्री आकर्षक प्याकेज लगानी कसरी भित्र्याउने खोजिनिधी गर्नुपर्छ । जिम्मेवारी लिने पद ओगटेका नेतृत्व लिन हानथाप गर्नेहरूले । जनताको हितमा सबै एकताबद्ध हुने वातावरण निर्माण र हुनुपर्छ । 
 
लगानी गर्ने मुनाफा कमाउन हो । कहाँ उपयुक्त हुन्छ सुरक्षाको दृष्टिबाट होस् आर्थिकसामाजिक दृष्टिकोण होस् । सम्भावना केकस्ता छन् । यातायात निकासी पैठारी गर्न कति झन्झटिलो छ, माग र पूर्ति कति छ अनि मात्रै लगानी कर्ताले ढुक्कसँग लगानी गर्छ । शान्ति सुरक्षा पहिलो शर्त हो । दर्ता नविकरण दिक्कता सरकारी कर्मचारीले गर्ने रुखो व्यावहार लगानी मैत्री वातावरण भरपर्दो शान्ति सुरक्षा भएन भने भने उद्योगी व्यापारी आउँदैनन् भएका विस्तापित पलायन हुन्छन् ।  
 
स्थानीय स्तरमा उद्योग व्यावसाय भएन भने आर्थिक गतिविधि हुँदैन र रोजगारी सिर्जना हुने कुरै भएन । मौलिक हकमा रहेका आधारभूत आवश्यक गाँस बास शिक्षा स्वास्थ्य शुद्ध खानेपानी रोजगारी पछि पहिलो प्राथमिकता आर्थिक आय आर्जन र भरपर्दो श्रोत हो । स्थानीय सरकार सरोकारवाला निकास सबै तहका जनप्रतिनिधिले यसमा विशेष ध्यान दिन जरुरी छ ।
 
नागरिकले तिरेको करबाट तिनैको विकासको लागि खर्च गरिन्छ । राज्य शक्तिका श्रोत जनता हुन् । विकास भएन जनप्रतिनिधिले जिम्मेवारीपूर्वक काम गरेनन् गर्दैनन् । भएको पारदर्शी भएन,गुणस्तरीयहीन भयो कमिसन खाए भन्ने गुनासो हो । फलालो ढिस्को व्यक्ति वा पार्टीले गर्‍यो भन्नू मिथ्या कुरा हुन् । नेतृत्वको जिम्मेवार र कर्तव्य नै समाजको उन्नति प्रगति जनताका हक अधिकारको ग्यारेन्टी गर्नु जीउधनको सुरक्षा र विकास र राज्यको दायित्व हो । लिखित संविधान भएको मुलुकमा राज्यका निकास देशको मुल कानुनप्रति बफादार हुनुपर्छ जवाफदेही हुनुपर्छ । संविधान भन्दा माथि राजा हुन्थे आज जनता छन् । 
 
ती नेपालका प्रतिष्ठित उद्योगी हुन् । जग्गा किन्ने भन्दा लिजमा लिएर उद्योग स्थापना गर्न चाहन्थे । तर टीकापुरको जग्गा सस्तो छ । औद्योगिक क्षेत्र भएपछि भोलि अरू उद्योग पनि आएपछि एकीकृत औद्योगिक सुरक्षा, विद्युत,मेनपावर र श्रमिकलाई काम गर्न बस्न सजिलो हुन्छ । वातावरणीय मूल्यांकन लगायत विविध हिसाबले छुट्याएको औद्योगिक क्षेत्र नै उपयुक्त हुन्छ । टीकापुर विकास समितिले छुट्याइएको औद्योगिक क्षेत्र घर घडेरीमा परिणत गरिसके । कहाँ खोज्ने ? कति अदूरदर्शी र स्वार्थी छौं,हामी ? मुखको भाग मात्रै हेर्ने । उद्योगलाई भनेर लगेको जमिन उद्योग प्रयोजनका लागि मात्रै प्रयोग गर्न दिनुपर्छ र पर्थ्यो । 
 
अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका उद्योगपति टीकापुरको समग्र अध्यन पछि निराश भएर फर्के । अहिले त्यो उद्योग छिमेकी जिल्लामा स्थापना भएको छ । त्यहाँका हजारौं  स्थानीयले प्रत्येक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् नाम नलिउँ । रुखो बोली, राजनीति बेमेल,विखण्डनकारी भावना रहेसम्म विकास हुँदैन । यसको जिम्मा कसले लिने ?
 
आधारभूत मापदण्ड तय र सम्भावनालाई प्राथमिकता दिन ढिलो भैसकेको छ । साझा नेतृत्व दूरदृष्टि भएको सबैको प्रतिनिधित्व गर्न सक्ने क्षमता हैसियतको अभिभावक खोजेको छ टीकापुरले । कसैलाई मान्छे नै नभन्ने संकीर्ण संकुचित सोचाइ हुँदैन । सद्भाव हुनुपर्छ । एक हातले ताली बज्दैन दुई हात चाहिन्छ । 
 
लेख टीकापुर केन्द्रित जस्तो लाग्न सक्छ यो क्षेत्र भनिसकेपछि आसपास कैलाली जिल्ला मात्रै नभई सुदूरपश्चिम प्रदेश गण्डकी प्रदेश र कर्णाली प्रदेश सम्म जोडिन्छ । महेन्द्रनगर नेपालगन्ज सुर्खेत धनगढी भन्दा टीकापुर विकासका हिसाबले धेरै पछाडि छ। हो,शीघ्र पर्खाइमा छ । टीकापुर शीघ्र र तीव्र  गतिको विकास हुनुपर्छ भन्ने अपेक्षा राख्छ । राजनीति अस्थिरता देखाए यहाँबाट राजनीति गर्नेहरू निकम्मा साबित भए । मेयर अध्यक्ष सांसद मन्त्री कति भए भैरहेकै छन् । तानातान ताँती लछारपछार कुटामार चल्छ । यो विरोध होइन हकिकत कुरा हो । आफूलाई फाइदा हुन्छ भने जाति धर्म क्षेत्रीय भेगीय कुरा गर्न पछि नपर्ने तल्लो स्तरमा गिर्ने जनतालाई कटाउने फटाउने आफ्नो दुनो सोझो गर्ने चम्चागिरी सबैले बुझेका छन् ।
 
लोकेन्द्रबहादुर चन्द,बाबुराम भट्टराई, प्रचण्ड, शेरबहादुर देउवा त १० पटक टीकापुर आइसकेका छन् । मन्त्रीको हैसियतले लम्की टीकापुर सडकमा गुडेर कति आए गए हिसाब नै छैन । कमसेकम त्यो सडकको दुर्दशा त देख्नु पर्छ । टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने व्यापार मेला औद्योगिक पर्दर्शनमा बोलाउने प्रमुख अतिथिलाई यहाँको विकास र जनताका समस्या माग विन्तीपत्र डेलिगेसन कति भए कार्यनयन सुन्ने कसले ? टेरपुच्छर लाग्दै । 
 
यहीँबाट सांसद मन्त्री र सांसदहरू कति भए । राष्ट्रिय झण्डा फहराएर चिल्ला गाडीमा त्यो हिउँदमा धुकाम्मे वर्षातमा हिलाम्मे बाटोप्रयोग गरेर हिड्न लाज लाग्नुपर्छ कि पर्दैन ? कति पर्खने ? कति झुट माथि झुट बोल्ने ? एक पटक टीकापुर बहुमुखी क्याम्पसमा सायद ०७३/०७४ साल तिर हो वर्षाले लम्की टीकापुर सडक अवरुद्ध भएको कता कता गाउँ गाउँ हुँदै आउनु परेको भोटको खेती गर्नुछ नआइ पनि भएन । मिथ्या कुरा गरे गए ।अनर्थको लामो भाषण गरे हिडे । के बोले के भन्ने अर्थ मतलब महत्त्व सार्थकता नै नहुने ।
 
टिएमसी जाने काठेपुल पनि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले बनाई दिएर हो नत्र अहिलेसम्म बन्ने नै थिएन । यहाँका जनताको भोट लिने सत्तामा जाने अति आवश्यक बहुप्रतिष्ठित र प्रतीक्षारत सडक नहुँदा यहाँको व्यापार उद्योग धराशायी हुन गएको हो भन्नेमा दुई मत छैन । टीकापुर लम्की डुढेझारी कुइने हुँदै जंगलघाट सडक जोडियो भने टीकापुर र आसपास आर्थिकसामाजिक विकासमा तीव्रता आउने निश्चित छ । त्यति लामो दूरदृष्टि राख्ने कसले ? सबैलाई पद सत्ता चाहिएको छ रातारात सात पुस्तालाई पुग्ने सम्पत्ति जोहो गर्नुछ ।
 
सीमाना भन्सार व्याबस्थित गर्ने आयात निर्यात गर्न सजिलो यातायातका लागि स्तरीय सडक चाहियो । सुर्खेत बर्दिया हुँदै पहाडी क्षेत्र जोड्न र जोडिन जरुरी छ । कहिँ पक्की पुल कहिँ काठेपुल ठाउँमा बनाउनुपर्छ । स्थानीय बजारका समस्या कति छन् कति । स्थानीय निकाय अधिकार सम्पन्न सरकार हो । यहाँको समस्या मुद्दा तीनै तहका जनप्रतिनिधि सरोकारवाला निकाय जनसमुदायबीच समन्वय हुन जरुरी छ ।सबका साथ सबका विकास जनसरोकारका विषयमा दल पार्टी जाति क्षेत्र भेगीय क्षेत्रीयता दलीय आस्थाका आधारमा हेरिरहनु हुँदैन ।  सत्रुतापूर्ण व्यावहार द्वन्द्व हिंसाले कसैको भलो गर्दैन ।
 
एक जना पूर्व प्रधानमन्त्री एक घण्टामा यति किलोमिटर सडक पिच एक दिनमा यति झोलुङ्गे पुल कति बनिरहेका भनेका ठूलै बखान गर्थे । लम्की टीकापुर खक्रौला सडक खण्ड त्यो तामझाम उद्घोष बखानमा पनि परेन । पद र सत्ता चाहियो हामी जनता पनि कति निरीह भोट दिएकै छौं । फूलामाला खाँदाले स्वागत गरेकै छौं । विकास प्रेमी नेता मानेकै छौं होइन विकासप्रेमी भनेको चाहिँ के रहेछ ? विकास गर्ने भनेको होकी विकासबाट कमिसन खाने टालटुल जनताको आँखामा छारो हाल्ने होकि ? खै के खै के ?
 
 बजार अव्यवस्थित अस्तव्यस्त छ । लगानी आकर्ष गर्ने नीति तथा कार्यक्रम देखिदैन । सस्तो लोकप्रियताले दीर्घकालीन विकास हुँदैन । गुणस्तहीन विकास,चैते नेता र असारे विकासले उधोगति तिर गइरहेको छ । प्रमुख आवश्यकता र समस्या पहिले गर्नुपर्छ । विकास जनजीवनसँग आर्थिकसामाजिक रुपान्तरणसँग जोडिएको हुनुपर्छ । विकास जनताको रगतपसिनाबाट निर्माण हुन्छन् । नीतिगत भ्रष्टाचारले देश बर्बाद भयो । स्वार्थ मिल्दा एक नमिल्दा अलग व्यवहार आशीर्वाद थाप्नु प्रवृत्ति घातक छ ।
 
टीकापुर
 
 
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update