Hamro Patra
बजेट संशोधन नभए पास हुन दिन्नौंः काँग्रेस

टीकापुर, असार २५

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने सत्तारुढ नेपाली कांग्रेसले निणर्य गरेको छ ।

प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरिरहेका बेला शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निणर्य गरेको हो ।

CMA Staff

कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकले बजेट संशोधन गर्नुपर्ने निणर्य गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए ।

‘यो बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने, नगरेको अवस्थामा अरु कुरा गर्न सकिदैन भनेर हाम्रो संसदीय दलले निणर्य गरेको छ,’ खड्काले भने । बैठकले गरेको बजेट संशोधन गर्नुपर्ने मागसहितको निणर्यका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने उनले बताए ।

उनका अनुसार संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारु सहितका ७ जना प्रदेशसभा सदस्य सहभागी थिए ।

सामाजिक विकास मन्त्री बोहरा आर्थिक मामिला मन्त्रालयले बजेट काटिदिएको गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं समेत पुगेका थिए ।

उनी काठमाडौंबाट फर्किएपछि बसेको संसदीय दलको बैठकबाट गरिएको यो निणर्यलाई अर्थपूणर् रुपमा हेरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले गत १ असारमा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म छलफल हुन सकेको छैन । 

माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिएको छ । बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निणर्य गरेको छैन । यद्यपि यो पार्टीका अधिकांश प्रदेशसभा सदस्य यथास्थितिमा बजेट पारित गर्न नसक्ने पक्षमा रहेका छन् ।

नेकपा एमालेले त बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि २५ असारसम्म प्रदेशसभामा बजेट छलफल हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update