मोहना नदीले खतराको तह पार गर्यो
टीकापुर, असार २५
कैलालीको धनगढीस्थित मोहना नदीले खतराको तह पार गरेको छ । शनिबार बिहानैदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।
त्यस्तै, खुटीया खोला मुडीभर, मोहना खोला मालाखेती र कान्द्रा खोलामा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
अझै वर्षा हुने भएकाले जलसतह थप बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्र र कैलाली-कञ्चनपुरको डुबान भइरहने होचा भू-भागमा सतर्कता अपनाउन भनिएको छ ।
प्रकाशित मिति: शनिबार, असार २५, २०७९ १०:०७
प्रतिक्रिया दिनुहोस्