Hamro Patra
हतियारधारीद्वारा घोडाघोडी नगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की, राजनीतिक दलद्वारा कारवाहीको माग

टीकापुर, असार २३
कैलालीको घोडाघोडी नगरपालिका कार्यपालिकाको कार्यालयमा हतियार सहित प्रवेश गरेर कर्मचारीलाई धम्काउने विरुद्ध विभिन्न सात राजनीतिक दलले कारवाहीको माग गरेका छन ।

राजनीतिक दलहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कडा कारवाही गरेर जनप्रतिनिधि र कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन प्रशासनसँग माग गरेका छन ।

CMA Staff

विज्ञप्तीमा हिजो साँझ ६ः५४ बजेको समयमा हातहतियार सहित मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले कर्मचारीहरुलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको उल्लेख छ ।

प्रमुख र उपप्रमुख कार्यकक्षमै रहेको अवस्थामा कार्यालय भित्र यस्तो घटना भएको प्रति राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । उनीहरुले घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका जोसुकैलाई कारवाही गर्न माग गरेका छन ।

विज्ञप्ती जारी गर्नेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update