सर्पले टोकेर बालकको ज्यान गयो
टीकापुर, असार २३
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ मा सर्पले टोकेर आज एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीका अनुसार चन्द्रा खड्काका १४ वर्षका छोरा अनिष खड्काको सर्पले टोकेर ज्यान गएको हो ।
उनी राति घरमा सुतिरहेको बेला बायाँ कानमा सर्पले टोकेको बताईएको छ । सर्पले टोकेपछि उनलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए ।
टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो । उनको भेरी अस्पतालमा उपचारकै क्रममा बिहान साढे १० बजे ज्यान गएको डिएसपी शाहीले जानकारी दिए ।
तस्विरः प्रेम भट्टराई
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १५:०७
प्रतिक्रिया दिनुहोस्