Hamro Patra
CMA Staff
सुर्खेत, असार २२
 
सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ ।
 
पञ्चपुरी नगरपालिका वडा नं. ७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका वडा नं. ६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।
 
उनका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते भएकी  छिन् । घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि कणर्ाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ ।
 
जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update