Hamro Patra
मेयर चलाउने माथि मुद्दा नचल्ने

अछाम, असार २१
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ का १६ वर्षीय विनोद शाहीको हत्या आरोपमा मुछिएकी मेयर अम्बिका चलाउने माथि मुद्दा नचल्ने भएको छ ।

पन्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको हो ।

CMA Staff

विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने सहित १२ जनाको नाममा किटानी जाहेरी दर्ता भएको थियो ।

प्रहरीले गरेको अनुसन्धानमा मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको पाइएपछि मुद्दा नचल्ने निर्णय भएको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिए ।

घटनामा तीनै जनाको संलग्नता भएको कुनै प्रमाण नभएको प्रतिवेदन फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update