Hamro Patra
Khadga Memorial And Janajagriti

टीकापुर, बैशाख ३०
टीकापुर नगरपालिका–१ एकतानगर शिविरमा सर्पले टोकेर आज एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार शिविरकी ममता विक (११) को ज्यान गएको हो ।

उनलाई घरमा सुतिरहेको अवस्थामा बिहानपख २ बजेतिर सर्पले टोकेको थियो । सर्पले टोकेर घाईते भएकी बालिकालाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए ।

टीकापुर अस्पतालले बालिकालाई थप उपचारका नेपालगञ्ज रिफर गरेको थियो । बालिकाको भेरी अञ्चल अस्पताल नपुर्याउँदै बाटोमै ज्यान गएको डा. कृष्ण अधिकारीले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update