कर्मचारीलाई सामाजिक सन्जालको दुरुपयोग नगर्न निर्देशन
टीकापुर, असार २०
टीकापुर नगरपालिकाले आफ्ना कर्मचारीहरुलाई सामाजिक सन्जालको दुरुपयोग नगर्न निर्देशन दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले आज एक सूचना जारी गरी सामाजिक सन्जालको दुरुपयोग गरी व्यक्ति तथा संस्थाको इज्जत प्रतिष्ठामा आँच आउने गरी लेखेको पाइएमा प्रचलित कानून बमोजिम भईजाने उल्लेख गरेका छन ।
सूचनामा सामाजिक सन्जालको प्रयोग अपरिहार्य बन्दै गईरहेको वर्तमान परिप्रेक्षमा दुरुपयोग नगर्न नगराउन जानकारी गराईएको छ । साथै कर्मचारीको आचरण र अनुशासन विपरित सामाजिक सन्जालमा जथाभावी लेख्ने, प्रतिक्रिया दिने कार्य नगर्न पनि भनिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९ १६:०७
प्रतिक्रिया दिनुहोस्