टीकापुर, असार २०
बजार क्षेत्रमा धम्क्याएर रकम असुलेको आरोपमा इलाका प्रहरी कार्यालय टीकापुरले नेत्रविक्रम चन्द विप्लपका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।
चन्दा असुली गरिरहेको गोप्य सूचनाका आधारमा टीकापुर नगरपालिका वडा नम्बर १ को बजार क्षेत्रबाट विप्लव निकट तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
चन्दा असुली भइरहेको गोप्य सूचनाका आधारमा टीकापुर नगरपालिका वडा नं. १ का जयन्त बिष्ट, जयसिंह सुनार र दिनेश बि.क.लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले बताए ।
हाम्रोपत्र सँग कुरा गर्दै डिएसपी शाहीले ठेली, पर्चा, लेटरप्याडसहित उनीह्ररुलाई पक्राउ गरेको बताए । केही दिनदेखि उनीहरुले बजार क्षेत्रमा धम्क्याएर चन्दा असुली गरिरहेको सूचना अनुसार पक्राउ गरिएको बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।