टीकापुर, असार १८
कैलालीको जानकी गाउँपालिकाले आफ्नो नामः आफ्नो रुख कार्यक्रम शुरु गरेको छ ।
गाउँपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इञ्जिनियर योगेन्द्र शाहीले आफ्नो जन्मदिनको अवसर पारी कटासेस्थित खेलमैदानमा रुख रोपेर सो अभियानको शुरु गरेका हुन् ।
गाउँपालिकाले आ.व. २०७९/०८० को नीति तथा कार्यक्रममा वन वातावरण तथा विपद् व्यवस्थापनका लागि पालिकालाई हरित गाउँ पालिका बनाउन आफ्नो नामः आफ्नो रुख कार्यक्रम अघि सारेको थियो ।
वडा नं. ९ स्थित कटासे फुटबल मैदानमा इञ्जिनियर शाहीले सीता अशोकका चार वटा रुख रोपेका थिए ।
हाम्रोपत्र डटकमसँग कुरा गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भने ‘आफ्नो जन्मदिनमा रुख रोप्ने र त्यसमा आफनो नाम लेख्ने कार्यक्रम हो, यसो गर्दा पालिका हरित पालिका बनाउन सहज हुन्छ ।’
उनले हरेक नागरिकलाई आफ्नो जन्मोत्सवमा रुख आग्रह गरेका छन् ।