Hamro Patra
CMA Staff
पूर्व पट्टी कर्णाली नदी बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशको बर्दिया जिल्ला तत्कालीन ११ गाविस टपरा टापु भनेर पनि चिनिन्छ । जो टीकापुरसँग निकट बहुआयामिक सम्बन्ध राख्छ । भूगोल सामाजिकआर्थिक व्यापारिक भाषिक रहनसहनको हिसाबले मिल्दोजुल्दो अनि जनस्तरमा व्यापक एकता पारस्परिक सम्बन्ध कायम छ । पारिका वारि, वारिका पारि वारिपारि बसोबास गर्छन् ,जग्गा जमिन प्रशस्तै छन् । बीचमा कर्णाली नदीले छेकेको छ । 
 
पुल नहुँदा बिचल्ली छ । सन्कट्टीको पुल आज बन्छ बन्दैन भोलि बन्छ बन्दैन आकाशको फल आँखा तरी मर । वारिपारिबाट कति सांसद भए कति मन्त्री चुनावी नारा बनाए भोट बटुले तर यस्तो महत्त्वपूर्ण सेतु बनेन तटबन्ध सुस्त गतिमा भैरहेको छ, कहिले बन्ने पूर्ण आस्वस्त हुने अवस्था छैन । पुल मात्रै होइन,व्यापारी,आर्थिकसामाजिक रूपान्तर गर्ने माध्यम बन्ने साथसाथै जनताको दैनिकी सहज आर्थिक आय आर्जनमा सहुलियत बन्ने प्रवल सम्भावनायुक्त जल्दोबल्दो आवश्यकता हो ।
 
पूर्वमा शन्तिबजार र राजापुर दक्षिणमा तिकुनिया उत्तरमा दुर्गौली लम्की पश्चिममा जोशीपुर बजार भजनी टीकापुरका छिमेकी बजार हुन् । टीकापुरलाई साझा व्यापारी केन्द्र बनाउन सकिन्छ । नदीमा पुल नहुँदा यहाँका किसान विद्यार्थी व्यापारी उद्योगीलाई धेरै समस्या छ । वर्षेनी नदी कटान डुबान नियमित भोगाइ हुन् । अब वर्षा सुरु भयो चिन्ताले सताइरहेको छ । कतिबेला कर्णाली पस्छ यहाँका नागरिक भयभीत त्रासमा  हुन्छन् । खक्रौलमा भारत संग जोड्ने पुल नितान्त आवश्यक थियोे त्यो भन्दा बढी टीकापुर बर्दिया जोड्ने सनकट्टीमा पुल । 
 
टीकापुर र बर्दिया जोड्ने विशेषगरी सनकट्टी र टीकापुर पक्की पुलको सख्त जरुरत साथै दीर्घकालीन रूपमा नदी कटान र डुबानको समस्या समाधानका लागि स्तरीय तटबन्धको निर्माण गर्न यहाँका जनप्रतिनिधि स्थानीय निकायले तदारुकताका साथै समन्वय गरी काम गर्नुपर्ने देखिन्छ । तेरो र मेरो फलानो ढिस्को भनेर भनेर विकास हुँदैन । एकता जनपक्षीय जनसरोकारका विविध मुद्दा आजको आवश्यकताको हो । राज्यले जनताका आवश्यकता हेरी नीति निर्माण विकास निर्माण दूरदृष्टि दीर्घकालीन सोचका काम गर्नुपर्ने विडम्बनापूर्ण मान्नुपर्छ त्यसो देखिदैन ।
 
प्रदेश जिल्ला पालिका फरक हुन्सक्छ । पहिला यो ठाउँ समाज क्षेत्र देश हाम्रो भन्ने भावनाबाट जागृत हुनुपर्छ । हामी सर्वप्रथम नेपाली हौं । संघीयता भनेको विभाजन गर्ने जिम्मेवारी र कर्तव्यबाट टाढिनका लागि हो?कदापि होइन । तिनै तहको जिम्मेवारी हो विकास गर्ने । वारिका हुन वा पारिकाको काम यो क्षेत्रको गाउँ नगर जिल्ला प्रदेश समग्र देशको विकास गर्नेनै हो । प्रदेश फरक भयो भनेर सीमावर्ती क्षेत्रमा विकास नै नगर्ने    त ? चाहे लुम्बिनी प्रदेशले गरोस् चाहे सुदूरपश्चिम प्रदेशले अथवा केन्द्र सरकारले विकास चाहियो । राज्यशक्तिको श्रोत नेपाली जनता हुन् । जनताको जनप्रतिनिधिले सबै जनताको चाहना बोक्न सक्ने हैसियत र क्षमता हुनैपर्छ र राख्नुपर्छ ।
 
राजनीति आस्था सिद्धान्त फरक होलान् तर राजनीतिको उदेश्य समाज देशको विकास गर्ने नै हो,होइन र ? कसैलाई पाखा कसैलाई काखाको भावनाबाट सम्बन्ध समन्वय गर्न सकिदैन। त्यसरी गरेको राजनीति र विकास बेकार हो ।सर्वपक्षीय सर्वहितको लागि कोही पछि हड्दैन हट्नु हुँदैन । विकास सबैले उपभोग गर्छन् भने जनताकै करबाट विकास निर्माण भएको हुन्छ । 
 
विकासमा जनताको प्रत्यक्ष सहभागिता जनपक्षीय जनमैत्री विकाससंग जनता जोडिएको हुनुपर्छ । त्यसले जनताको जीवनमा कोसे ढुङ्गो सावित भएको हुनुपर्छ । जनताको दैनिकी सहज भएको हुनुपर्छ । उत्पादन बढेको आर्थिकसामाजिक गतिविधि बढेको हुनुपर्छ । जनप्रतिनिधि अर्थात् नेतृत्वले जनताका समस्या औल्याउँदै जनताको आवाज सम्बन्धित निकायमा पुर्‍याउने माध्यम बन्नसक्नु पर्छ । जनताको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायलाई दबाब दिने हो । विकासले जनता लाभान्वित हुनुपर्छ । 
 
नेतृत्वले व्यवस्थापन र समजस्यता समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ । तलबभत्ता खान, सरकारी सेवासुबिधा लिन, राष्ट्रिय झण्डावाला गाडी चढ्न,सार्वजनिक सम्पत्तिको व्यापक दुरुपयोग श्रोत र राज्यका निकाय माथिको कब्जा गर्न अझ ठूलो सामन्ती स्वाङ पार्न होइन नि! तस्करी ठेकापट्टामा भिजलन्ते गुन्डागर्दी गर्नेलाई ठेक्का दिने मिलेर कमिसन खाने नदीजन्य पदार्थको अवैध उत्खनन निकासी पैठारी कसले गर्छन्? त्यसको लागि जनताले प्रतिनिधि छानेका होइनन् । ठालु पल्टिन जयजयकार गरिदिनुपर्ने,हाई हाई भनिदिनु पर्ने, यथार्थ धरातलमा कामै नहुनु विडम्बना यहीँ हो । 
 
कुनैबेला राजापुर सुदूरपश्चिम र मध्यपश्चिमको ठूलो व्यापारिक केन्द्र जहाँ नुन तेल लत्ताकपडा लिन हप्तौं लगाएर पैदल हिडेर दूरदराजका नागरिक किनमेल गर्ने, ठूलो व्यापारिक केन्द्र थियोे । आफ्नो उत्पदन बेच्ने चाहिएको मालसामान खरिद गरेर लिन्थे । आज राजापुर त्यो राजापुर रहेन । भलै आफ्नै इतिहास पहिचान र अस्तित्वमा चलेको छ । अन्नको भकारी मानिने पश्चिम नेपालको मुख्य ठाउँ हुन् , बर्दिया,कैलाली र कञ्चनपुर । देशमा धेरै तन्त्र र व्यवस्था परिवर्तन भए पुराना सहर खुम्चनु भनेजस्तो विकास नहुने राज्यको सौतेनी व्यावहार दूरदृष्टि भएको नेतृत्व नपाउनु मूल कारण हो । प्रतिष्ठित र चर्चित राजापुर बजार पुरानो व्यापारी केन्द्र हो । उत्पादनको क्षेत्रमा यसले धेरै ठूलो महत्त्व राख्छ । गेरुवा गाउँपालिक र राजापुर नगरपालिका टीकापुर नगरपालिकाका छिमेकी स्थानीय तह हुन । दक्षिण तर्फ छिमेकी देश भारतको तिकुनिया खिरी सीमावर्ती बजार । उत्तरतर्फ जानकी गाउँपालिका, लम्किचुहा नगरपालिका पश्चिममा जोशिपुर गापा र भजनी नपा हुन् । कृषिप्रधान देश किसानको बिचल्ली छ । 
 
खक्रौला भन्सारलाई व्यवस्थित बनाउने सडकको स्तर उन्नति छिमेकी पालिका जोड्ने पक्की पुल पिँच चौडा स्तरीय सडकले यहाँको आर्थिक गतिविधि बढाउन सकिन्छ । किसानले उत्पदन गरेका सामान खरिदबिक्री गर्ने यहाँबाट बाहिर निकासी गर्ने छिमेकी जिल्ला मात्रै होइन, भारतमा के के बस्तु निकासी गर्न सकिन्छ, यसको लागि गहिरो अध्यन नीति तथा कार्यक्रम बनाइनुपर्छ । 
 
शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको वृद्धि र विकास टीकापुरको समृद्धिको आधार । व्यावसायिक कृषि प्रणाली स्थानीय उत्पादनसँग युवाहरूलाई आकर्ष गर्ने जोड्ने युग सुहाउँदो पाठ्यक्रमको विकास प्रविधि मैत्री विद्यालय कलेज विश्व सामुदायिक विद्यालयको स्तर उन्नति गरी विद्यार्थीको आकर्षकको केन्द्र शैक्षिक हवको रूपमा विकास गर्न सकिन्छ । एक उत्पादन एक वडा घोषणा गरेर अलपत्र छोड्ने होइन । यसको लागि चाहिने समन्वय अभिभाकत्व नेतृत्व प्राविधिक ज्ञान सीप सल्लाह परामर्श साथसयोग उत्तिकै महत्त्वपूर्ण हुन्छ । सामुदायिक विद्यालयको स्तर उन्नति शिक्षा क्षेत्रलाई विश्वसनीय प्रतिस्पर्धात्मक बनाइनुपर्छ । 
 
किसानलाई नगद अनुदान भन्दा उन्नत बीउबिजन मल सिँचाइ बजारीकरण उत्पादनमा लागत कम कसरी गर्ने वा गुणस्तरीय र प्रतिस्पर्धात्म बनाउन तदारुकता देखाउनु पर्छ ।चिस्यान सहित भण्डारको समस्या छ । कृषि एम्बुलेन्स सञ्चालन गर्ने किसानका घरघर खेतबारीमै खरिद गरेको हुनुपर्छ । स्वयम् नगरपालिकाले किसानले उत्पदन गरेका वस्तु आफैं खरिद गर्ने कि निजि क्षेत्रलाई दिने त्यसको निर्कोल नपाले गर्नुपर्छ ।
 
अत:कैलाली जिल्लाको पूर्वी क्षेत्र सुदूरपश्चिमको एक ऐतिहासिक पहिचान बोकेको महत्त्वपूर्ण ठाउँ हो, टीकापुर । शैक्षिक नगरी टीकापुर,हराभरा टीकापुर, व्यापारी औद्योगिक नगरी टीकापुर, भौतिक विकासले सम्पन्न टीकापुर भएको हेर्ने सुन्ने रहर छ । साथै कृषि पर्यटनको हव क्षेत्र बनाउन सकिन्छ टीकापुरलाई । एक उत्पादन एक पहिचान आकर्षकको सहर टीकापुर । सबै जातजाति भाषाभाषी बस्ने रमणीय शान्त पहिलो रोजाईको गन्तव्य टीकापुर ।
 
अन्नपूर्ण हिमालको फेद पोखरा गएपछि फेवाताल र लेक साइड नघुमेर आउने को होला ? चितवन गए सौराहा नपुगेको को होला ? टीकापुर आए कर्णालीको तिर चिसापानी पुल, टीकापुर पार्क,मोहना नदीको डल्फिन नहरी को जाला ? त्यस्तो बनाउनुपर्छ टीकापुरलाई ।
 
स्तरीय होटल खानपिनको राम्रो प्रवन्ध गर्ने, शान्तिसुरक्षा भरपर्दो व्यवस्था ग्यारेन्टी नै हुनुपर्छ । शान्तिपूर्ण पारिवारिक रमणीय वातावरण, स्थानीय खानाका परिकारहरू थारू गाउँ, मगर गाउँ स्थानीय कला संस्कृति भेष गीतसंगीतमा रमाइलो गर्ने, स्थानीय ब्रान्डी,जौ कोदो,चामलको जाड, वाइन पिउने र स्थानीय उत्पादनका परिकार मात्रै खाने,पाइने र पाक्ने हुनुपर्छ । पर्यटक आकर्षक गर्न होमस्टे अर्को महत्त्वपूर्ण विकल्प हुनसक्छ । सबैभन्दा पहिला पूर्वाधार बनाइनुपर्छ । 
 
टीकापुर जोड्ने सडकहरू पुलपुलेसा हवाई मार्ग भएन भने विदेशी पर्यटक कम आउने गर्छन् । सडक राम्रो छैन भने आन्तरिक पर्यटकहरू पनि आउँदैन । खाल्डाखुल्डी धुलो धुवाँले साझ ज्वरो आउँछ भने अर्कोपटक दिक्काएर घुम्न को आउँछ ? खाना बासी सडेगलेको हुस्की रम आयातित विदेशी त्यो पनि महँगो । दालभात तरकारी माछा भात हैद्रावादका बैखा माछा वाक्क! खसी भन्यो बाख्रीको जति चपाए पनि चुइगम जस्तो धत्!मोडर्न राजापुर राइस मिलले उत्पादन गरेको सिंन्दुरी जातको मसिनो चामलको भात र पहाडमा अर्गानिक गेडागुडी दाल तरकारी पनीर चट्नी लोकल कुखुराको सुप कर्णालीका माछाको सुप स्वाद चखायो भने यत्तिले पनि पर्यटन व्यावसायलाई ठूलो मद्दत गर्छ। 
 
टीकापुर १, कैलाली
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update