जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ
बैतडी, असार १५
बैतडीमा जबरजस्ती करणीको आरोपमा वडाध्यक्षसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष शरदसिंह नेगी रहेका छन् भने अर्का स्थानीय केशवसिंह नेगी छन् ।
जबरजस्ती करणीको आरोपमा पीडित महिलाले मंगलबार दिएको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
अदालतबाट म्याद थपेर उनीहरूमाथि थप अनुसन्धान गरिने उनले बताए ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १४:०६
प्रतिक्रिया दिनुहोस्