शिक्षकद्धारा ८ वर्षीया बालिका बलात्कृत
टीकापुर, असार १४
बझाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । केदारस्यु गाउँपालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी पक्राउ परेका हुन् ।
असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी ८ वर्षीया बालिकालाई गुर्धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बालिकाले उक्त कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।
गुर्धामीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १७:०६
प्रतिक्रिया दिनुहोस्