Hamro Patra
कर्मचारी कुटपिट गर्ने भारतको हरियाणाका तिन पक्राउ

टीकापुर, असार १३

कैलालीको गोदाबरी जंगलमा चालकलाई बधेर लुटपाट गरी फरार भएका तिन भारतियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कैलालीको गोदावरी वडा नं. १ स्थित जंगलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

CMA Staff

भारतको हरियाण प्रदेश सोनीपथ बस्ने वर्ष २१ का भगत सिह, वर्ष १८ का साहिल बिादलिसे र वर्ष २०का सन्नी जौटलाई पक्राउ गरी जिल्ला ल्याउन लागेको कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए ।

उनीहरुले लुटी लगेको कार प्रहरीको अनुसन्धान टोलीले गोदावरी नगरपालिका वडा नं. १ स्थित पाठक आयल स्टोर देखि शान्तिनगर जाने भित्रि सडक खण्डमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

लिफ्ट दिएर सँगै ल्याएका भारतीयले कैलालीको गोदाबरीको जंगलबाट डडेल्धुराका आलिताल गाँउपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीका लुटेका थिए ।

लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिट समेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१-२३-च ८७२१ नम्बरको कारसमेत लुटेर लगेका थिए ।

भण्डारी कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो ।

घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update