Hamro Patra
जेल तोडेर भागेका कैदी पक्राउ

 धनगढी, २० चैत

धनगढीस्थित कैलाली कारागार तोडेर भागेका एक व्यक्ति १४ वर्षपछि बुधवार पक्राउ परेका छन ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नं. १० का लाटु भनिने सहदेव राना पक्राउ परेका हुन । उनलाई प्रहरीले धनगढी उपमहानगरपालिका वडा नं. १० घुईयाँघाटबाट बिहान साढे ८ बजे पक्राउ गरेको प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन । उनी २०६१ माघ २७ गते कारागार तोडेर भागेका थिए ।

उनी कर्तव्यज्यान मुद्दामा २०५७ फागुन ९ गते देखी कारागारमा कैद भुक्तान गर्दै आएका थिए । पुनः पक्राउ परेका रानालाई कारागार चलान गरिएको छ

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update