Hamro Patra
तटबन्ध निर्माणमा ढिलाई प्रति स्थानीय आक्रोशित
कर्णाली नदीमा अलपत्र तटबन्ध

टीकापुर, २० चैत 

टीकापुर नगरपालिका वडा नं. ७ स्थित सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा तटबन्ध निर्माण कार्य रोकिएको प्रति स्थानीयले आपत्ति जनाएका छन । उनीहरुले तत्काल निर्माण कार्य सम्पन्न गर्न माग गर्दै टीकापुर नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । रानी जमरा कुलरीया सिँचाई आयोजनाले तटबन्ध निर्माण कार्यमा ढिलाई गर्ने विरुद्ध कुनै कारवाही नगरेको स्थानीयको आरोप छ । उनीहरुले निर्माण कम्पनी हाईग्रिभा–सिद्धी शाही प्रकाश जेभीलाई कालोसूचीमा राख्न माग गरेका छन ।

Khadga Memorial And Janajagriti

स्थानीयले धनसिँह साउँदको संयोजकत्वमा १२ सदस्यीय कर्णाली नदी तटबन्ध निर्माण संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका छन । निर्माण कम्पनीले दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०७२ चैत १३ गते आयोजनासँग सम्झौता गरेको थियो । हालसम्म सम्झौता गरेको १७ सय मिटर मध्येको १३ सय मिटर तटबन्ध कार्य अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन । आयोजनाले तटबन्ध निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई पटक पटक पत्राचार गर्दा समेत अटेर गर्दै आएको छ ।

गत असारमा एक वर्ष म्याद थप पाएको निर्माण कम्पनीले थपिएको समयमा समेत काम सुचारु नगरेपछि आयोजनाले २०७५ फागुन २५ गते कार्य प्रगति सन्तोषजनक नभएको भन्दै ७ दिन भित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जारी गरेपछि निर्माण कम्पनीले २०७५ फागुन ३० गते काम सुचारु गर्ने प्रतिवद्धता सहित आयोजना कार्यालयमा निवेदन पेश गरेको आयोजनाका साइड इञ्चार्ज रणबहादुर बमले जानकारी दिएका छन ।

कर्णाली नदीले हरेक वर्ष कटान तिब्र पारेको छ । गतवर्ष मात्र सत्ती कर्णाली सामुदायिक वनको पाँच विगाह क्षेत्रफल नदीले बगाएको छ । यसवर्ष समेत कटान नरोकिए नदी गाउँ पस्ने खतरा रहेको संयोजक साउँदले जानकारी दिए । उनका अनुसार समयमा तटबन्ध निर्माणको काम सम्पन्न नभए टीकापुर नगरपालिका वडा नं. ८ का वनगाउँ, फाँटा, अरुणाफाँटा लगायतका गाउँका बासिन्दा जोखिममा पर्न सक्ने छन । यसका साथै सत्तीघाटको पुल र पुल भन्दा दक्षिणतर्फ निर्माण भएको तटबन्ध समेत जोखिममा रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update