सिटको ग्यारेन्टी र धरौटी राखेर टीकापुर विमानस्थल चलाइने
सोमबार, मंसिर १०, २०८१
सरकारले थाल्यो किसानसँग धान खरिद
मंगलबार, कात्तिक १३, २०८१
सरकारले यो वर्ष धानको समर्थन मुल्य ३ हजार ४१० रुपैयाँ ५१ पैसा तोकेको छ । गतवर्ष धानको समर्थन मुल्य ३ हजार १९८ रुपैयाँ थियो । कम्पनीले गतवर्ष टीकापुर, सत्ती र भजनी केन्द्रबाट १६ हजार क्विन्टल धान खरिद गरेको थियो । यो वर्ष कम्पनीले जिल्लाभर ५५ हजार क्विन्टल धान खरिद गर्ने...
क्याम्पसको अतिक्रमित जग्गा बारे छलफल
सोमबार, कात्तिक १२, २०८१
प्रतिष्ठानले सुझाव संकलन गरेर समस्या समाधानका लागि उपाय सहितको प्रतिवेदन सरकारलाई बुझाउने बताईएको छ । प्रतिष्ठानका अनुसन्धान अधिकृत गोपाल आचार्यले देशभर दुईवटा शैक्षिक संस्थाको जग्गा अतिक्रमणको विषयलाई अनुसन्धान थालेको बताए । उनले टीकापुर बहुमुखी क्याम्पस र संस्कृत विश्व विद्यालय दाङको बारेमा अध्ययन भैरहेको जानकारी दिए ।
विमानस्थल सञ्चालन गर्ने राज्यमन्त्रीको पत्र, प्राधिकरण भने बेखबर
शुक्रबार, कात्तिक २, २०८१
राज्यमन्त्रीको निजी सचिवालयले नगरपालिकालाई यस्तो पत्र पठाए पनि नागरिक उड्डयन प्राधिकरण भने यस बारेमा बेखबर छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यस बारेमा कुनै आधिकारिक जानकारी नभएको बताए ।
‘त्यो पत्र मलाई पनि कसैले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल मार्फत पठाएको थियो’ उनले भने–‘हामीलाई आधिकारिक जानकारी छैन ।’
चिराकी मार्फत नदी तटीय क्षेत्रमा बाढीको पूर्व सूचना प्रवाह
बिहीबार, असोज १०, २०८१
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १० देखी १३ गतेसम्म अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेपछि बाढी प्रभावित क्षेत्रका पालिकाहरु चनाखो बनेका हुन ।
महाशाखाले देशभरका ४९ जिल्लालाई उच्च जोखिममा राखेको छ । जसमध्ये सुदूरपश्चिमका कैलाली, अछाम, डोटी र कर्णाली प्रदेशका ५...
घण्टाघर सञ्चालनका लागि पाँचौ पटक सूचना जारी, कसैको टेण्डर पर्दैन
सोमबार, भदौ २४, २०८१
नगरपालिकाका लागि घण्टाघर टाउको दुखाईको विषय बनेको छ । लामो समयसम्म सञ्चालन नभएका कारण घण्टाघरको भौतिक संरचना जिर्ण बन्दै गएको छ । त्यहाँ रहेका सिसा फुटाईएका छन । संरक्षणको अभावमा भौतिक संरचना भत्किन थालेका छन । स्थानीयका अनुसार घण्टाघर सञ्चालन नहुँदै नगरपालिकाले मर्मतमा ठूलो रकम खर्चिनु पर्ने देखिन्छ ।
घण्टाघर सञ्चालनमा टेण्डर नै पर्दैैन
आइतबार, भदौ १६, २०८१
केसीका अनुसार तीन वटा प्रकृया पूरा गर्दा पनि कसैको टेण्डर नपरे पुर्नविचारका लागि राजश्व परामर्श समितिमा पठाईनेछ । समितिले टेण्डर नपर्नुको कारणका बारेमा अध्ययन गरेर निकासका लागि कार्यपालिका बैठकमा निर्णयार्थ सिफारिस गर्नेछ । कार्यपालिका बैठकले दररेट परिवर्तन लगायतका विषयमा निर्णय गर्न सक्नेछ ।
नगरपालिकाले ३ वर्षको लागि ७ लाख २०...
बाख्रा मारिएको घटना बुझ्न वन कार्यालयको टोली टीकापुरमा
बुधबार, साउन २३, २०८१
छलफलमा उपस्थित डिभिजन वन कार्यालय पहलवानपुरका डिएफओ ठाकुरले खोज तथा उद्धार टोलीका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आवश्यक समन्वय भैरहेको बताए । उनले तत्काल टोली टीकापुर पुग्ने जानकारी दिए । ‘हामीले जतिसक्दो चाँडै भनेका छौं’ उनले भने–‘आजभोलि भित्रै टोली पुग्छ ।’ उनले टोलीले घटनास्थल र घटनाको प्रकृतिका बारेमा अध्ययन गर्ने...
कसले मार्दैछ टीकापुरमा दिनदिनै बाख्रा
बुधबार, साउन २३, २०८१
स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ । यसअघि पनि बेलाबेलामा खोरमै बाखा्र मरेको भेटिन्थे । तर त्यतिबेला स्थानीयले वास्ता गरेनन् । पछिल्लो समयमा भने लगातार बाख्रा मारिन थालेपछि स्थानीय त्रसित बनेका छन ।
जहिल्यै लक्ष्य हासिलमा चुक्छ सत्ती भन्सार
मंगलबार, साउन १, २०८१
२०७५ सालदेखी मुल भन्सारका रुपमा सञ्चालनमा आएको सत्ती भन्सार कार्यालयले सुरुवातका ३ आर्थिक वर्ष मात्रै लक्ष्य अनुसारको राजश्व संकलन गरेको थियो । त्यसपछिका वर्षहरुमा भने कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन ।
वडाध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार
शुक्रबार, असार २१, २०८१
नगर प्रमुख सुशीला शाहीले यसअघि दिँदै आएको ४० लाख मात्रै उपलब्ध गराईने भनेपछि वडाध्यक्षहरुले विमती जनाएका हुन ।